काठमाडौं– नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल लीपमोटर र सिट्रोनको आधिकारिक ब्रान्ड एम्बेसडरको रुपमा अनुबन्धित भएका छन् ।
नेपालमा लीपमोटर, सिट्रोन र प्यूजोको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स् प्रालिले पौडेललाई ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्ध गरेको हो। यो साझेदारी ३ वर्षको अवधिको लागि भएको र यसले लीपमोटर र सिट्रोनको लागि नेपालका अटोमोटिभ बजारमा नयाँ अध्यायको शुरुआत गर्न लागेको पनि कम्पनीले जनाएके छ ।
प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्यको रुपमा साङ्ग्रिला मोटर्सले नवप्रवर्तनशील र दिगो सवारीमा सबैको पहुँच पुर्याउने लक्ष्य लिएको छ। रोहित पौडेलसँगको यो सहकार्यले नेतृत्व, उत्कृष्टता र प्रतिबद्धताको साझा अवधारणालाई प्रतिविम्बित गर्दछ। यस साझेदारीले साङ्ग्रिला मोटर्सको दिगो, प्रगति र सफलता मूल्याङ्कन गर्ने नेपाली ग्राहकहरूलाई प्रेरित गर्नेछ र कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाउने कम्पनीको विश्वास छ ।
प्रतिक्रिया