३० फाल्गुन २०८१, शुक्रबार | Sat Mar 15 2025

नेपाली बजारमा टियागो फेसलिफ्टको बिक्री शुरु




काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले फेसलिफ्ट टियागो ईभीको बिक्री शुरु गरेको छ ।

भारतमा बिक्री सुरु भएको एक महिनाभित्रै सिप्रदीले नेपाली बजारमा टियागो फेसलिफ्ट बिक्री सुरु गरेको हो । जुन ईभी पहिलेको भन्दा फरक देखिन्छ । कम्पनीले यसमा नयाँ डिजाइनको फ्रन्ट ग्रिल र एलइडी हेडल्याम्प सेट दिएको छ ।
टाटाले टियागो ईभीमा नयाँ डिजाइनको १४ इन्चको ह्वील र साइड ढोकामा ईभीको ब्याजिङ छ । पहिलेको ३ सहित थप सुपरनोवा कपर, चिली लाइम तथा एरिजोना व्लु कलर थप गरेर ल्याएको हो ।

नयाँ टियागो ईभीमा केही फिचर थपिएका छन् । यसमा २४ किलोवाट आवरको ब्याट्री र ४९ किलोवाटको मोटर उपलब्ध छ ।कम्पनीले यसको मूल्यमा भने कुनै परिवर्तन गरेको छैन । यसअघिकै जस्तो एक्सटी भेरियन्टको २७ लाख ४९ हजार, एक्सजेड प्लस भेरियन्टको २८ लाख ९९ हजार र एक्सजेडप्लस लग्जरी भेरियन्टको २९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

  :