काठमाडौं–चांगान तथा दिपल ईभीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले भैरहवास्थित मौर्य होटलबाट आजबाट तीन दिनका लागि ‘टेस्ट ड्राइभ द फ्युचर’ नाम दिइएको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ ।
यस अवधिमा लुम्बिनी प्रदेशका इभी प्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभीहरु दिपल ई०७, दिपल एस०७ र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ ।
टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले निःशुल्क डाइमण्ड कोटिङ, निःशुल्क ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट तथा टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको उत्कृष्ट मूल्यांकनको साथै एक्सचेन्ज बोनस पनि पाउने कम्पनीले जानकारी दिएको छ । साथै, दिपलका ईभी टेस्ट ड्राइभ गर्ने सबैले उपहार समेत पाउनेछन् ।
यस अगाडि बुधबारदेखि बुटवलस्थित कालिकानगरमा दिपलको नयाँ सोरुम सञ्चालनमा ल्याइएको थियो । एमएडब्लु वृद्धिले जेनस मोटर्समार्फत लुम्बिनी प्रदेशका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो ।
नयाँ सोरुमको उद्घाटन बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ र जेनस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्रकुमार श्रेष्ठले संयुक्त रुपमा गरे । यसै अवसरमा संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ को विक्री पनि सुरु गरिएको थियो ।
प्रतिक्रिया