मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

चाँडै नै नेपाली बजारमा क्विड ईभीको बिक्री शुरु हुने




काठमाडौं । फ्रान्सेली अटोमोबाइल कम्पनी रेनोको चीनमा उत्पादन भएको क्विड ईभी नेपालमा चाँडै नै आधिकारिक रुपमा बिक्री शुरु हुने भएको छ ।

सन् २०१८ मा नै पेट्रोल भर्सनमा नेपाली बजारमा भित्रिएको क्विडको इलेक्ट्रीक भर्सन नेपालका लागि रेनोको आधिकारिक बिक्रेता एडभान्स अटोमोबाइल्सले नेपाल भित्र्याएको हो ।

क्विड ईभीमा २६.६ किलोवाट आवरको लिथियम आयोन एनएमसी ब्याट्री । यसले ३५१ किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको बताइएको छ ।

केही दिन अगाडि नेपाल भित्रिएको क्विड ईभी अहिले परीक्षणको क्रममा रहेको र चाँडै नै आधिकारिक बिक्री शुरु गरिने एभडान्स अटोमोबाइल्सले जनाएको छ । चीन र युरोपियन बजारमा समेत बिक्री भइरहेको क्विड ईभी बिक्रीका आधारमा युरोपमा राम्रो गरिरहको मोडल हो ।

  :