काठमाडौं– निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नजिकिँदै गरेको वर्षा ऋतु तथा मनसुनको अवसरमा ३ दिने विशेष सर्भिस क्याम्प शुरु गरेको छ ।
आजदेखि सुरु भएको उक्त क्याम्प वैशाख १२ गतेसम्म देशव्यापी रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्भिस क्याम्प काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, हेटौँडा, पोखरा, इटहरी, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, विर्तामोड, वीरगञ्ज र सुर्खेत गरी देशभरका १६ वटा विभिन्न चेक पोइन्टहरूमा एकैसाथ सञ्चालन भइरहेको छ ।
उक्त सर्भिस क्याम्पमा ग्राहकहरूले निसान गाडीको चेकअप तथा सर्भिसिङ गर्दा ७ आकर्षक लाभ तथा सुविधाहरू लिन सक्नेछन् । यी सुविधाहरू अन्तर्गत ग्राहकहरूले ‘टप वास’ निःशुल्क पाउने छन् भने जुनै सेवा लिँदा पनि ‘लेबर चार्ज’ तिर्नु नपर्ने कम्पनीले जनाएको छ । यस क्याम्प अन्तर्गतका सुविधाहरूमा सर्तहरू भने लागू हुने कम्पनीले जनाएको छ ।







प्रतिक्रिया