मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

जेठभित्रै स्मार्टका प्रिमियम एसयूभीको बिक्री शुरु




काठमाडौं– नेपालको लागि स्मार्टको आधिकारिक वितरक सीजी मोटर्सले स्मार्टको ह्यासट्याग १ र ३ प्रिमियम एसयूभी नेपाल भित्र्याएको हो । यो ईभी यही जेठ महिनाभित्रै बिक्री शुरु गर्ने तयारी भईरहेको कम्पनीले जनाएको छ ।

यो प्रिमियर ईभीमा जर्मनीको लग्जरी अटोमोबाइल मर्शिडिज बेन्ज र चिनियाँ अटोमोबाइल ग्रुप जिलीको लगानी रहेको छ ।
केही समय अगाडिदेखि स्मार्टको कम्प्याक्ट क्रसओभर एसयूभी ह्यासट्याग ३ नेपाली सडकमा परीक्षण भइरहेको थियो । स्मार्टको दुवै ईभी मोडलहरू प्रोप्लस र प्रिमियम भेरियन्टका छन् । स्मार्ट ह्यासट्याग ३ को लम्बाइ ४४०० एमएम, चौडाइ १८४४ एमएम र उचाइ १५५६ एमएम रहेको छ । ५ सिटे यो ईभीको ह्वीलबेस २७८५ एमएमको रहेको छ ।

यसमा २०० किलोवाटको रियरह्वील ड्राइभ मोटर रहेको छ । ६६ किलोवाट आवरको ब्याट्रीप्याक रहेको यो ईभीले एक पटकको फुल चार्जमा ४५५ किलोमिटरको रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

२२ किलोवाटको एसी चार्जर र १५० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्ने स्मार्ट ह्यासट्याग ३ ईभीलाई ३० मिनेटमै १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।


ह्यासट्याग १ विश्वको पहिलो ओपन सोर्स प्ल्याटफर्म सस्टेनेबल इलेक्ट्रिक आर्किटेक्चरमा बनेको छ । यो ईभी प्रो प्लस र प्रिमियम भेरियन्टमा भित्रिएको हो ।

स्मार्ट १ ईभीको लम्बाइ ४२७० एमएम, चौडाइ १८२२ र १६३६ एमएमको उचाइ रहेको छ । स्मार्ट १ को ह्वीलबेसको साइज २७५० एमएमको छ । स्मार्ट १ ईभीमा पनि रियरमा २०० किलोवाटको मोटर भने ६६ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक रहेको छ । यो ईभीले एक पटकको फुल चार्जमा ४४० किलोमिटरको रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । ।

यो ईभीलाई २२ किलोवाटको एसी र १५० किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ । डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ३० मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

  :