मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

एवोन–भीको ब्रान्ड एन्डोर्सरमा अभिनेत्री वर्षा राउत




काठमाडौं– इलेक्ट्रिक कार एवोन भीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई ‘एवोन–भीको आधिकारिक ब्रान्ड एन्डोर्सरमा नियुक्त गरेको छ ।

कम्पनीले उक्त घोषणा गर्दै उक्त गाडी हस्तान्तरण पनि गरेको छ। नेपाली चलचित्र उद्योगमा आफ्नो आत्मविश्वासी उपस्थिति, सौन्दर्य तथा जीवन्त व्यक्तित्वका लागि परिचित वर्षा राउत अब आयोन–भी परिवारको हिस्सा बन्न पुगेकी कम्पनीले जनाएको छ ।

सीजी मोटर्सका जीएम सेल्स सुशील क्षेत्रीले भने– ‘हामी वर्षा राउतलाई आयोनको ब्रान्ड एन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । अग्रगामी सोच, आधुनिक जीवनशैली र सस्टेनेबिलिटीप्रतिको प्रतिबद्धता आयोन भी को पहिचानसँग पूर्ण रूपमा मेल खान्छ । हामी मिलेर नेपालमा विद्युतीय सवारीको भविष्य पुनः परिभाषित गर्ने आशा राख्छौं ।


एवोन भीमा रहेको ७५.३ किलोवाट क्षमताको ब्याट्री तथा ६५० किमीको रेन्जले लामो यात्रामा पनि पूर्ण आत्मविश्वास प्रदान गर्छ, जसले रेन्ज एन्जायटीलाई पूर्ण रूपमा हटाउँछ। दूरदर्शी, महत्वाकांक्षी र सचेत चालकहरूका लागि निर्माण गरिएको यो गाडीले प्रदर्शन, सुरक्षा र दिगो प्रविधिलाई एकैसाथ प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।

  :