मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

४० हजार घट्यो याडिया इलेक्ट्रिक स्कुटरको मूल्य



काठमाडौं–इलेक्ट्रिक स्कुटर याडियाले ‘याडिया भेल्याक्स’मा विशेष मूल्य ४० हजार घटाउने अफर ल्याएको छ । नेपालमा याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले अब भेल्याक्सको मूल्य पुरानो २,८५,००० बाट घटाएर २,४५,००० कायम गरिएको जनाएको छ ।


यो अफर याडियाले विश्वभर ७० लाखभन्दा बढी युनिट बिक्री र निरन्तर ८ वर्षसम्मको अग्रता मनाउने अवसरमा ल्याइएको हो। भेल्याक्समा ३२०० वाटको मोटर र १७२ न्यूटन मिटर टर्क छ, जसले ६२ किलोमिटर प्रतिघण्टा सम्मको गति दिन्छ र एकपटकको चार्जमा १०० किलोमिटर सम्म यात्रा गर्न सकिन्छ।

  :