काठमाडौं–राइड सेयरिङ प्लेटफर्म इनड्राइभले ल्याएको रोमाञ्चक अफर ‘राइड मोर, विन मोर’ योजना अन्तर्गत प्रयोगकर्ताले १० वटा इलेक्ट्रीक स्कुटर जित्न सक्ने भएका छन् ।
यस अफर अन्तर्गत प्रयोगकर्ताले इनड्राइभ एप प्रयोग गरी राइड बुक गरे आकर्षक पुरस्कार जित्ने सुनौलो अवसर प्राप्त गर्न सक्नेछन् । प्रयोगकर्ताले ३ वटा राइडमा १ टिकट पाउने छन् । जति धेरै राइड गर्यो उति पुरस्कार जित्न पाइने कम्पनीले जनाएको छ । पुरस्कारहरूमा १० वटा याडिया ई ८ एस प्रो इलेक्ट्रीक स्कुटर र ३० वटा अल्टिमा वाच सर्कल स्मार्टवाच जित्न सक्ने कम्पनीले जनाएको छ ।
यो अफर साउन २७ गतेदेखि भदौ १४ गते सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । योजना सम्पन्न भएपछि लक्की ड्रमार्फत योजनामा सहभागी भएकाहरू मध्येका विजेताहरूको नाम भदौ २० गते इनड्राइभको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरूमार्फत सार्वजनिक गरिनेछ।
इनड्राइभ नेपालका कन्ट्री रेप्रिजेन्टेटिभ रीता पोखरेलले इनड्राइभमा सधैँ प्रयोगकर्तालाई आफ्नो चालक आफैं छनोट गर्ने र प्रत्येक सवारीका लागि उचित मूल्य निर्धारण गर्ने स्वतन्त्रता प्रदान गरेको बताइन्।
‘
यो रोमाञ्चक योजना सबै प्रयोगकर्ताहरूका लागि खुला गरिएको इनड्राइभले जनाएको छ। सहभागी हुनको लागि, प्रतियोगिता अवधिभर इनड्राइभ एपमार्फत आफ्नो राइड बुक गर्नुपर्नेछ।









प्रतिक्रिया