मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

कांग्रेस नेता रवि राणाद्वारा मृगौला रोग पीडित युवालाई आर्थिक सहयोग



भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका युवा नेता, समाजसेवी रवि राणाले मिर्गौला प्रत्यारोपणपछि उपचार गराउँदै आएका जपिन्द्र अवाल (मेथी)लाई रु १ लाख २५ हजार सहयोग गरेका छन् ।

नेपाली कांग्रेस, भक्तपुरको कार्यालय सल्लाघारीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले राणाले प्रदान गरेको सहयोग अवाललाई हस्तान्तरण गरे । कार्यक्रममा सांसद थापाले रवि राणाले देखाएको सेवा भावनाको खुलेर प्रशंसा गरे ।

उनले राजनीतिकर्मी समाजका सेवक भएको उल्लेख गर्दै समाजलाई निस्वार्थ भावले सेवा गर्दै आएकोमा राणाको प्रशंसा गरे । सो अवसरमा युवा नेता राणाले परिवार र पार्टीबाट प्राप्त प्रेरणाले आफू समाजसेवामा सक्रिय भएको बताए ।

  :