७ असार २०८३, आइतबार | Sun Jun 21 2026

भेस्पा–एप्रिलिया स्कुटर किन्ने ग्राहकका लागि डब्बल या तेब्बर बबाल अफर




काठमाडौं–भेस्पा–एप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले दसैं, तिहार तथा छठपर्वको अवसरमा ‘डबल या तेब्बर बबाल’ अफर ल्याएको छ ।

अफरअन्तर्गत भेस्पा वा एप्रिलिया स्कुटर किन्ने ग्राहकले आकर्षक स्क्य्राच कार्ड प्राप्त गर्ने र कार्डमा दिइएको क्यूआर कोड स्क्यान गरी स्क्य्राचमार्फत प्राप्त रकमलाई दोब्बर वा तेब्बरसम्म बढाउन सकिने कम्पनीले जनाएको छ ।

अफरअन्तर्गत हरेक हप्ताको लक्की ड्रमार्फत ग्राहकले ४ रात ५ दिनको रोमाञ्चक थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । अफरको बम्पर पुरस्कारस्वरूप एक भाग्यशाली ग्राहकले १० लाख नगद जित्ने अवसर पनि प्राप्त गर्ने समेत कम्पनीले जनाएको छ ।

  :