मंसिर १९, २०८२ बिहीबार | Fri Dec 5 2025

दरबारमार्गमा स्टारबोस कफीको आउटलेट



काठमाडौं । टक्सार ग्रुप अफ कम्पनीले काठमाडौंको दरबारमार्गमा स्टारबोस कफीको आउटलेट सञ्चालनमा ल्याएको छ ।

आउटलेटको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, पूर्व मिस नेपाल नम्रता श्रेष्ठ र कम्पनीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रुपमा उदघाटन गरे। कम्पनीले पूर्व मिस नेपाल श्रेष्ठलाई ब्राण्ड एम्बेस्डर समेत नियुक्त गरेको छ।
कम्पनीका अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरको अनुभव दिने उद्देश्यले आउटलेट तयार पारेको बताए ।

आउटलेटका लागि ३ करोड लगानी गरेको पनि उनले जानकारी दिए । उनले एग्रेसिभ रुपमा आउटलेट विस्तार गर्ने बताउँदै तीनकुने र इमाडोलमा आउटलेट निर्माण भइरहेको उनले जानकारी दिए।

कार्यक्रममा नबिल बैंकका सीइओ ज्ञवालीले अत्यन्तै कठिन अवस्थामा पनि ठूलो लगानीमा कफी ब्राण्ड खोल्नु अत्यन्तै सकारात्मक रहेको बताए।

  :