माघ १४, २०८२ मंगलबार | Tue Jan 27 2026

परिचयपत्रकै भर सरल किस्ताबन्दीमा एथरका स्कुटर किन्न पाइने



काठमाडौं—एथरका इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक बैद्य इनर्जिले ग्राहकहरुलाई परिचयपत्र र सरल किस्ताबन्दीमै स्कुटर किन्न सक्ने योजना ल्याएको छ ।

अब ग्राहकहरूले केवल मान्य परिचय पत्र (आईडी कार्ड) को आधारमा कुनै पनि अतिरिक्त वित्तीय कागजात बिना एथर स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार परिचयपत्रकै भरमा ग्राहकले ६ हजार ५८ रुपैयाँबाट सुरु हुने सरल किस्ताबन्दी योजनमा स्कुटर खरिद गर्न सक्नेछन् ।

प्रविधि, प्रदर्शन र ग्राहक अनुभवमा बलियो ध्यान दिँदै एथरले नेपालमा इलेक्ट्रिक दुईपाङ्ग्रे बजारको नेतृत्व गर्दै आएको छ । बढ्दो ग्राहक आधारलाई सहयोग गर्न एथरले देशव्यापी रूपमा बलियो पूर्वाधार र सेवा नेटवर्क निर्माण गरेको छ ।

कम्पनीको हाल देशभर ८ वटा एथर एक्सपेरियन्स सेन्टर, एउटा टेष्ट राइड जोन, ८ वटा आधिकारिक सर्भिस सेन्टर २७ भन्दा बढी एथर ग्रिड फास्ट चार्जिङ प्वाइन्टहरु सञ्चालनमा छन् ।

  :