माघ १४, २०८२ मंगलबार | Tue Jan 27 2026

सिप्रदी यात्री ब्राण्डको बिद्युतीय स्कुटर चाँडै नै बजारमा आउने



काठमाडौं। मेड इन नेपाल सिप्रदी यात्री ब्रान्डको स्कुटर चाँडै नै बजारमा आउने भएको छ । सिप्रदी ट्रेडिङ र यात्रीले संयुक्त रुपमा उत्पादन गरेको इलेक्ट्रिक स्कुटरको अहिले सडक परीक्षण (रोड टेस्टिङ)मा भईरहेको छ ।

यो स्कुटरमा सिप्रदी र यात्रीको लोगो राखिएको छ। यो स्कुटर पूर्ण रुपमा नेपालमा डिजाइन र उत्पादन गरिएको हो। यो स्कुटर ५० हजार किलोमिटर गुडाएर परीक्षण गरेपछि त्यसको रिपोर्टका आधारमा मास उत्पादनमा जाने योजना कम्पनीको रहेको छ ।

कम्पनीले यही जनवरीदेखि स्कुटर बजारमा ल्याउने योजना बनाएको थियो। तर, डिजाइन र नेपालको भूगोलअनुसारको बनाउन समय लागेको हो।

  :