काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडर्स यामाहाको एफजेडएस हाइब्रिड मोटरसाइकल सार्वजनिक गर्दै नेपाली बजारमा पहिलो पटक हाइब्रिड मोटरसाइकल बिक्री सुरू गरेको छ । कम्पनीले एफजेडएस हाइब्रिडको मूल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ निर्धारण गरेर छ ।
यामाहा एफजेडएस हाइब्रिडले नेपालको मोटरसाइकल उद्योग बजारमा पूर्ण रूपमा नयाँ सेग्मेन्टको सुरूवात गरेको कम्पनीले बताएको छ ।
यामाहाको एफजेड सिरिजबाट नेपाल आएको पहिलो हाइब्रिड मोटरसाइकलको १४९ सीसी क्षमताको एफआई इन्जिनलाई स्मार्ट मोटर असिस्ट प्रविधिसँग जोडिएको छ । मोटरसाइकलमा उन्नत किसिमको हाइब्रिड प्रणाली प्रयोग गरिएको कम्पनीको भनाइ छ ।
यसमा प्रयोग भएको नेक्स्ट–जेनेरेशन हाइब्रिड प्रणालीले नर्मल पावरका अलावा थप क्षमता प्रदान गर्छ भने साधारण मोटरसाइकलको तुलनामा यसले इलेक्ट्रिक असिस्ट मार्फत उच्च गतिको एक्सेलेरेशन दिने, सहज स्टार्ट(स्टप प्रणाली, सुधारिएको इन्धन खपत र कम उत्सर्जन प्रदान गर्छ ।
विशेषगरी सहरी आवागमनका लागि उपयुक्त यो प्रणालीले सुरूवाती गति र कम स्पिडमा सहज पावर डेलिभरी दिन्छ । यसले दैनिक आवतजावतलाई निकै सहजता हुने कम्पनीले जनाएको छ ।
यससँगै नयाँ हाइब्रिड एफजेड एस मोटरसाइकलले ६० किलोमिटरभन्दा बढीको माइलेज, कम सञ्चालन खर्च तथा वातावरणमैत्री राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।









प्रतिक्रिया