काठमाडौं । जगदम्बा मोटर्सले टीभीएस दुईपाङ्ग्रे सवारीमा अपग्रेड गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै ‘अचम्मैको डिल’ नामक सात दिने विशेष अटोमोटिभ इभेन्ट आयोजना गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा जेठ १३ देखि १९ गतेसम्म सञ्चालन हुने उक्त कार्निभलमा ग्राहकलाई एक्सचेन्ज, सहज फाइनान्स, नगद छुट तथा मनोरञ्जनका विभिन्न अवसर उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
नेपालभरका ग्राहकलाई लक्षित गर्दै आयोजना गरिएको यस इभेन्टमा टीभीएसका मोटरसाइकल तथा स्कुटरहरूको सम्पूर्ण रेन्ज अवलोकनका साथै विशेष अफरहरूबाट लाभ लिन सकिनेछ ।
कम्पनीका अनुसार कार्निभलमा पुरानो जुनसुकै ब्रान्डको बाइक वा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक भ्यालुएसन, दैनिक १३९८ रुपैयाँबाट सुरु हुने ईएमआई सुविधा, छनोट गरिएका मोडलमा नगद छुट तथा तत्काल फाइनान्स सुविधा उपलब्ध हुनेछ । नयाँ सवारी खरिदमा निःशुल्क एक्सेसरिज र लाइफटाइम वारेन्टीसमेत प्रदान गरिने कम्पनीले जनाएको छ । ग्राहकहरूले पुरानो सवारी ल्याएर नयाँ टीभीएस सवारीसँग सहज रूपमा साट्न सक्नेछन् ।
व्यावसायिक अफरका अतिरिक्त कार्यक्रममा जिमखाना राइडिङ प्रतियोगिता, टेस्ट राइड जोन, गेम जोन तथा फुड स्टलमार्फत पारिवारिक मनोरञ्जनको व्यवस्था पनि गरिएको छ ।









प्रतिक्रिया