२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

नेपालमै बनेको विद्युतीय ‘यात्री पीटू’ स्कुटर हेर्न बुढानीलकण्ठस्थित कारखानामै पुगे अर्थमन्त्री वाग्ले



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सिप्रदी यात्रीद्वारा काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर यात्री पीटू बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गरेका छन् ।

नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन् । उनले यात्री पीटु नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद र ऐतिहासिक उपलब्धि भएको बताउँदै उनले गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल बन्न आग्रह गर्दै सरकारले सधै साथ दिने बताए । नेपालले आफै डिजाइन गरेर दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माण गर्नु आफैँमा ऐतिहासिक कदम भएको बताउँदै अर्थमन्त्री वाग्लेले यसलाई विश्व बजारसम्म फैलाउन र प्रतिस्पर्धामा अब्बल हुन पनि अर्थमन्त्री डा. वाग्लेले सुझाव दिए ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमै विद्युतीय दुईपांग्रे सवारीसाधनको डिजाइन र उत्पादन गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए।

अर्थमन्त्री डा. वाग्लेलाई यात्री विद्युतीय स्कुटरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत असिम पाण्डेले स्कुटरको डिजाइन, सुरक्षा परीक्षण, प्रयोग गरिएका पार्टपुर्जा तथा परीक्षणका क्रममा प्राप्त अनुभवबारे जानकारी गराएका थिए।

  :