१२ भदौ २०८३, शुक्रबार | Sat Aug 29 2026

यात्री पी २ स्कुटर सार्वजनिक



काठमाडौं । नेपाली सवारी ब्रान्ड यात्री मोटरसाइकल र सिप्रदी ट्रेडिङको साझेदारीमा निर्मित नयाँ विद्युतीय स्कुटर ‘यात्री पी २ औपचारिक रूपमा सार्वजनिक भएको छ । सोमबार एक विशेष समारोहका बीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त स्कुटरको अनावरण गरेका थिए ।

ग्राहकको आवश्यकता अनुसार पी २ लाई ५.२ किलोवाट घण्टा, ३.७ किलोवाट घण्टा र ३ किलोवाट घण्टा गरी तीन फरक ब्याट्री मोडलमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५।२ किलोवाट ब्याट्री भएको मोडलले एक पटकको पूर्ण चार्जमा १५७ किलोमिटरसम्मको दूरी तय गर्छ ।

त्यस्तै, ३.७ किलोवाट घण्टाको मोडलले ११२ किलोमिटर र ३ किलोवाट घण्टा क्षमताको ब्याट्रीले ९० किलोमिटरसम्मको दूरी तय गर्ने दाबी गरिएको छ ।

यस स्कुटरमा ३।३ किलोवाट क्षमताको द्रुत ९डीसी० चार्जिङ सुविधा समेत रहेको छ ।

लामो दूरीको यात्रालाई सहज बनाउन सिप्रदी यात्रीले देशभर ३५ भन्दा बढी स्थानमा यस्ता द्रुत चार्जिङ केन्द्र स्थापना गर्ने योजना बनाएको छ ।

  :