६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

बजाजको देशभर निःशुल्क चेकअप क्याम्प जारी



काठमाडौं । असोज ४ गतेदेखि असोज ९ गतेसम्म बजाजले राष्ट्रिय निःशुल्क चेकअप क्याम्प शुरु गरेको छ ।


यस क्याम्पअन्तर्गत नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा गई बजाज मोटरसाइकलको निःशुल्क व्यावसायिक चेकअप गराउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार चाडपर्वको समयमा यात्राको संख्या तथा दूरी बढ्ने भएकाले यात्राअघि मोटरसाइकलको अवस्था जाँच गरी सम्भावित मर्मतसम्भारका आवश्यकताहरू समयमै पहिचान गर्न बजाजले ग्राहकलाई प्रोत्साहित गरिएको हो । निःशुल्क चेकअपका क्रममा थप मर्मतसम्भार वा पार्टपुर्जा फेर्नुपर्ने आवश्यकता देखिएमा ग्राहकले विभिन्न सेवामा विशेष छुटसमेत प्राप्त गर्न सक्नेछन् ।

क्याम्प अवधिभर लेबर चार्जमा ५० प्रतिशत, इन्जिन आयलमा १६ प्रतिशत, स्पेयर पाट्र्समा १० प्रतिशत र युरोग्रिप टायरमा १० प्रतिशत छुट उपलब्ध हुने कम्पनीले जनाएको छ । बजाजका अनुसार, नियमित निरीक्षण तथा समयमै गरिने मर्मतसम्भारले सम्भावित समस्याहरूलाई ठूलो समस्या बन्नुअघि नै पहिचान गर्न सहयोग पुर्याउन सक्छ । त्यसैले चाडपर्वको यात्रामा निस्कनुअघि मोटरसाइकलको अवस्था जाँच गर्नु महत्वपूर्ण रहेको कम्पनीले स्पष्ट पारेको छ ।

  :