२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

दशैंदेखि छठसम्म बजाज चेतकको फेस्टिभ फाइभ योजना



काठमाडौं । बजाज चेतकले यस बर्षको दशैं, तिहार र छठसम्म लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना ल्याएको छ ।

नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले सीमित अवधिका लागि ल्याएको यस अफरअन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकले पाँचवटा विशेष सुविधा पाउनेछन्। जसमा ईएमआई फाइनान्सिङमा शून्य प्रतिशत ब्याज, एक लाख रुपैयाँसम्मको क्यासब्याक, पाँच वर्षको वारेन्टी, पाँच वर्षसम्म ईएमआई भुक्तानी सुविधा र निःशुल्क प्रिमियम एसेसरिज रहेका कम्पनीले जनाएको छ ।

‘चेतक फेस्टिभ फाइभ’ योजना छठसम्म देशभरका आधिकारिक बजाज तथा चेतक शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले चाडपर्वलाई लक्षित गर्दै ग्राहकलाई आर्थिक रूपमा सहज र झन्झटरहित विद्युतीय मोबिलिटीको विकल्प उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको बताए । शून्य प्रतिशत ब्याज, क्यासब्याक र पाँच वर्षको वारेन्टीजस्ता सुविधाले ग्राहकलाई चेतक खरिदमा थप सहजता प्रदान गर्ने उनले जानकारी दिए ।

  :