२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

सुजुकीले ल्यायो ‘उत्सव नयाँ, राइड नयाँ’ अफर



काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले चाडपर्व लक्षित योजना ‘उत्सव नयाँ, राइड नयाँ’ सार्वजनिक गर्दै सुजुकीका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट वा एक्सचेन्ज बोनस पाउने योजना ल्याएको छ ।


चाडपर्वका बेला नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै देशभर लागू हुने गरी कम्पनीले ल्याएको उक्त योजनामा नगद छुट वा एक्सचेन्ज बोनससँगै ग्राहकले शून्य ब्याज तथा ३६ महिनासम्मको कम ईएमआई सुविधासमेत लिन सक्ने कम्पनीले जनाएको शून्य ब्याज तथा ३६ महिनाको कम ईएमआई सुविधा नागरिकता भएका ग्राहकका लागि लागू हुने कम्पनीले जनाएको छ।

यो योजना सुजुकीका विभिन्न लोकप्रिय मोडलमा लागू हुनेछ। जसमा भि–स्ट्रोम २५० एसएक्स, एक्सेस १२५, एभेनिस १२५, बर्गम्यान स्ट्रिट १२५ र जिक्सर १५५ रहेका छन्।

‘उत्सव नयाँ, राइड नयाँ’ योजना देशभर रहेका सुजुकीका आधिकारिक डिलरबाट उपलब्ध हुनेछ। ग्राहकले नजिकको डिलरमा पुगेर उपलब्ध मोडल, नगद छुट, एक्सचेन्ज बोनस तथा फाइनान्सिङ सुविधाबारे जानकारी लिन सक्ने पनि कम्पनीले जनाएको छ ।

  :