काठमाडौँ–आगामी आर्थिक वर्षमा विद्युतीय सवारीहरूमा कर वृद्धि गर्ने चर्चा चलेपछि नेपाल चेम्बर अफ कमर्सले बिद्युतीय सवारी साधनमा कर बढाउँदा आम नागरिकलाई असर पर्ने भएकाले कर नबढाउन अर्थ मन्त्रालयलाई हालै सुझाव दिएको छ । सोमबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी चेम्बरका पदाधिकारीहरुले बिद्युतीय माइक्रोबस, मिनिबस, ठुलाबस लगायतले वातावरण संरक्षणमा ठूलो योगदान दिनुका साथै स्वरोजगार…