मंसिर २५, २०८२ बुधबार | Thu Dec 11 2025

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बुकिङ खुल्यो




काठमाडौं– नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ९नाइमा०ले आगामी साउन २१ देखि २५ गतेसम्म हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को बुकिङ खुल्ला गरेको छ ।

नाइमाले काठमाडौँको भृकुटी मण्डपमा सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी व्यवस्थित तथा भव्य अटोमोबाइल प्रदर्शनी नेपाल मोबिलिटी एक्सपो २०२५ आयोजना गर्न लागेको हो । इच्छुक व्यक्ति,कम्पनीहरूले आफूले चाहेको स्टल लिनका लागि वैशाख २९ गतेसम्म आवेदन दिन सक्ने नाइमाले जनाएको छ ।

इच्छुक कम्पनीहरूले बुकिङ फारममा आफ्नो आवश्यकता भर्न सक्नेछन् र अन्तिम स्टल बाँडफाँट पारदर्शी गोलाप्रथा प्रणालीमार्फत गरिने नाइमाले जनाएको छ ।। मोबिलिटी एक्स्पोमा दुईपाँग्रे, चारपाँग्रे तथा हलुका व्यावसायिक सवारी साधनहरु एउटै हलमा प्रदर्शन गरिने छ ।

उक्त प्रदर्शनीले अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सबैमा ऊर्जा प्रदान गर्ने नाइमाको विश्वास छ ।

मोबिलिटी एक्स्पोमा विभिन्न ब्राण्डका दुईपाँग्रे, चारपाँग्रे, कमशिर्यल सवारीसाधन, अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ ।

नाइमाकी संस्थापक अध्यक्ष रितु सिंह वैद्यले मोबिलिटी एक्स्पोले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अगाडि बढाउने बताइन् ।

  :