७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

चितवनको पर्यटन क्षेत्रका सम्भावना, चुनौती र समाधानका उपायबारे विस्तृत छलफल

चितवन – होटल एसोसिएसन नेपाल बागमती प्रदेश तदर्थ समितिको संयुक्त बैठक चितवनको सौराहामा सम्पन्न भएको छ। बागमती प्रदेश तथा चितवन हानका अध्यक्ष ओम पाण्डेको अध्यक्षतामा बसेको बैठकले चितवनको पर्यटन क्षेत्रका सम्भावना, चुनौती र समाधानका उपायबारे विस्तृत छलफल गरेको हो। बैठकमा हानको तर्फबाट अध्यक्ष पाण्डेले नयाँ बागमती प्रदेश तदर्थ समितिकातर्फबाट अध्यक्ष राम सुन्दर बकेलाई स्वागत तथा…