मंसिर १९, २०८२ बिहीबार | Fri Dec 5 2025

ह्यापी ल्याण्ड कम्पनीको नमुना परियोजना, सुनसरीको सुसौलीघाटमा बहुआयामिक पर्यटन पार्क बनाउँदै

सुनसरी । सप्तकोशी नदीको विशालता, बराहक्षेत्रको धार्मिक महत्व र सुसौलीघाटबाट देखिने अद्वितीय सूर्यास्तको सौन्दर्यलाई आधार बनाउँदै ‘ह्यापी ल्याण्ड कम्पनी’ले सुनसरीको बराह नगरपालिकाको वडा नम्बर २ स्थित सुसौलीघाटमा बहुआयामिक पर्यटन पार्क निर्माणको काम तीव्र बनाएको छ। नेपालका विभिन्न भू–भागमा नयाँ–नयाँ पर्यटन गन्तव्य विकास गर्ने दीर्घकालीन योजनासहित टिमले सुसौलीघाटलाई पहिलो नमूना परियोजना बनाउने तयारी गरेको हो ।…