६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

गोगोरोका स्कुटरको ब्याट्री किन्नु नपर्ने



काठमाडौं – गोगोरको नयाँ इलेक्ट्रीक स्कुटर नेपाल आउने भएका छन् । कम्पनीले नयाँ आउने इलेक्ट्रीक स्कुटरको मूल्यसूची सार्वजनिक गर्दै बजार प्रबेशको जानकारी दिएको हो ।

ताइवानी कम्पनी गोगोरोको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी नेबुला इनर्जीले जिगो सिरिजका दुई स्कुटर नेपाल ल्याउने छ । नेबुला इनर्जीले गत बैशाखमै स्वापिङ स्टेशन निर्माणको साथै इकर्मसका लागि हुने स्कुटर सार्वजनिक गरेको थियो ।
हाल काठमाडौंको दुई स्थानमा स्वापिङ स्टेशन निर्माण गरेको कम्पनीले दशैसम्ममा काठमाडौं विभिन्न स्थानमा स्वापिङ सेन्टर स्थापना गर्ने योजना बनाएको छ । कम्पनी स्रोतका अनुसार गोगोरे जिगो सि १ बी र सि २ बी दशैसम्ममा बिक्री सुरू गर्ने तयारी भइरहेको छ, प्राविधक कारण दशैपछि तिहारको समयसम्म लाग्ज सक्नेछ ।

कम्पनीले भदौं ११ गतेदेखि सुरू हुने नाडा अटो शोमा दुबै स्कुटर प्रदर्शन गर्नेछ । कम्पनीले ब्याट्री बिनानै बिक्री गर्ने जिगो सि १ बीको मूल्य २ लाख ५५ हजार रुपैयाँ र सि २ बीको मूल्य २ लाख ६५ हजार ५०० रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार यो मूल्य स्कुटर सार्वजनिक गर्ने समयसम्मका केही तलमाथि हुन सक्नेछ ।

यसमा ग्राहकले ब्याट्रीको मूल्य तिर्नु पर्दैन । गोगोरोले कुन मोडलमा काम गर्छ भनेर बुझ्नको लागि यहाँ क्लिक गर्नुहोला ।

  :