७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेपालको सडकमा महिन्द्राको एक्सयूभी थ्रीएक्सओको परीक्षण




काठमाडौं– भारतीय अटो कम्पनी महिन्द्रा एण्ड महिन्द्राको नयाँ एसयूभी एक्सयूभी थ्रीएक्सओ परीक्षणका लागि नेपाल भित्रिएको छ । यो गाडी केही महिना अगाडि मात्र भारतीय बजारमा लञ्च गरिएको थियो ।

नेपालमा महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पेरिटड प्रालिले नयाँ एसयूभी भित्र्याएको हो । कम्पनीहरुले नयाँ गाडी बिक्री शुरु गर्नुभन्दा अगाडि केही युनिट भित्र्याएर नेपालको सडकमा परीक्षण गर्ने गर्छन् ।

अग्नि इन्कर्पोरेटेडले यसको मूल्य समेत सार्वजनिक गरेको छ । दुई भेरिएन्टमा उपलब्ध हुने एक्सयूभी थ्रीएक्सओको मूल्य क्रमशः ६० लाख ९० हजार र ६६ लाख ६५ हजार रुपैयाँ हुनेछ । यद्यपि नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने समयमा भने यसको मूल्य परिमार्जन हुन सक्ने सम्भावना पनि रहन्छ ।

नयाँ एक्सयूभी ३एक्सओ एमस्टालिङ जी१२ टीजीडीआई टर्बोचाज्र्ड एमपीएफआई इन्जिनले सुसज्जित गरिएको छ, जसले १३० पीएस पावर र २३० एनएमको टर्क जेनेरेट गर्छ ।

कम्पनीले सो कारमा एक्सयूभी३०० को डिजाइन भन्दा फरक डिजाइन गरेको छ । यसमा एलईडी डेटाइम रनिङ लाइटद्वारा रेखांकित गरिएको एलईडी प्रोजेक्टर हेडलाइट्स समावेश गरिएको छ तथा सी आकारको टेल लाइट्स दिइएको छ ।

गाडीमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र यसको छेउमा १०।२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट डिस्प्ले दिइएको छ । यसको बुट स्पेस २५७ लिटरबाट बढाएर २९५ लिटर पु(याइएको छ ।

कम्पनीले यस गाडीमा ७ वटा स्पिकरसहितको प्यानोरामिक, हरमन कार्डन साउन्ड सिस्टम, ड्युअल जोन क्लाइमेट कन्ट्रोल उपलब्ध गराएको छ, जसलाई एड्रेनोक्सबाट एक्सेस गर्न सकिन्छ । सेफ्टीको लागि गाडीमा ईएसपी, ट्रयाक्सन कन्ट्रोल, आईएसओफिक्स र एडास जस्ता फिचर समावेश गरिएको छ ।

  :