७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एसआरएम इलेक्ट्रिक पीकअप ट्रक नेपालमा



काठमाडौं– पुजा कन्ट्रक्सनले एसआरएम इलेक्ट्रिक पीकअप ट्रक नेपाल ल्याएको छ । आगामी भदौ ११ गतेदेखि काठमाडौंमा शुरु हुने नाडा अटो शोमा उक्त ट्रक प्रदर्शनी गरिने कम्पनीले जनाएको छ । यस ट्रकको मूल्य ३६ लाख रुपैयाँ तोकिएको छ ।

यस पीकअप ट्रकमा ४१.८६ किलोवाट आवरको ब्याट्री प्याक रहने छ । डे टाइम रनिङ लाइट सहितको हेडल्याम्प, पावर स्टेरिङ, एसी, इन्फोटेन्टमेन्ट सिस्टम, १५ इन्चको ह्वील र १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

यो पीकअप ट्रकले १ हजार ६०० किलोग्राम लोड बोकेर ओसार पसार गर्ने क्षमता राख्छ । यसमा ३१०० एमएम लामो, १६८० एमएम चौडा र ३७० एमएम अग्लो कार्गो स्पेश दिइएको छ । पीकअप ट्रकको पुरा लम्बाई भने ५१९० एमएम छ । यस ट्रकको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहने छ ।

कम्पनीले यसमा रहेको ब्याट्रीमा ६ वर्ष वा ३ लाख ६० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ ।

  :