७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

जिलीको ‘रिडारा आरडी सिक्स’, यस्ता छन् विशेषता




काठमाडौं– जिली आधिकारिक वितरक सीजी मोटर्सले जिलीको नयाँ डबल क्याप इभी ‘रिडारा आरडी सिक्स’ नेपालमा बिक्री गर्ने भएको छ ।

उक्त पिकअप यही भदौ ११ गतेदेखि काठमाडौंमा हुने नाडा अटो शोमा प्रदर्शनीमा राखिने समेत कम्पनीले जनाएको छ । यसको मूल्य अधिकतम ६३ लाख रुपैयाँ राखिएको छ । यो पिकअपमा ६३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ । ब्याट्री फुल चार्ज गर्दा ४१० किलोमीटर रेञ्ज दिने कम्पनीले जनाएको छ ।

यसमा २०० किलोवाट क्षमताको मोटर पावर प्रदान गरिएको छ । यसको लम्बाई ५.२ मिटर छ भने यसमा ३.१ मिटरको ह्वीलबेस उपलब्ध छ । यसले १२० किलोवाट क्षमताको डीसी फास्ट चार्जर र ११ किलोवाटको एसी चार्जर सपोर्ट गर्छ । यो गाडीको पेलोड ४५० केजी हो भने ३ हजार केजीसम्म तान्न सक्ने कम्पनीले जनाएको छ ।

  :