६ बैशाख २०८३, आइतबार | Mon Apr 20 2026

सिजी मोटर्सद्वारा सुपर माउन्टलाई एकैपटकमा २५ वटा इलेक्ट्रिक भ्यान हस्तान्तरण



काठमाडौं– सिजी मोटर्सले सुपर माउन्ट एभरेष्ट यातायात व्यवसायी प्रालिलाई एकैपटकमा २५ वटा १४ सीट क्षमताको किङलङ इलेक्ट्रिक माइक्रोभ्यान हस्तान्तरण गरेको छ ।

एक विशेष कार्यक्रमको आयोजना गरि सिजी मोटर्सले किङलङको इलेक्ट्रिक माइक्रोभ्यान हस्तान्तरण गरेको हो । सिजी मोटर्सले नेपाली बजारमा किङलङको इलेक्ट्रिक भ्यान बिक्री गर्दै आएको छ ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसी, यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँर लगायत यातायातसँग सम्बद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै सिजी मोटर्सका महाप्रबन्धक दिनेश पाण्डेले वातावरण संरक्षणतर्फ लिएको कदमप्रति सुपर माउन्ट एभरेष्ट यातायात व्यवसायी प्रालिलाई धन्यवाद दिए । उनले एकैपटकमा २५ वटा सवारी साधन हस्तान्तरण गर्न पाउँदै सिजी मोटर्स परिवार अत्यन्तै हर्षित भएको पनि बताए ।

  :