७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेपाली बजारमा नयाँ क्रेटा, यस्ता छन् विशेषताहरु



काठमाडौं–एक दशकभन्दा अगाडिबाट नेपालमा हुन्डाई गाडीहरु उपलब्ध गराईरहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ क्रेटाको बिक्री शुरु गरेको छ ।

कम्पनीले नयाँ क्रेटालाई केही दिनयता नेपालका सडकमा परीक्षण गर्दै आएको थियो । क्रेटा सन् २०१५ देखि नेपाली एसयूभी पारखीहरुको विश्वास जित्दै आएको छ । विभिन्न ६ भेरियन्टमा उपलब्ध रहेको नयाँ क्रेटाको शुरुवाती मूल्य ५५ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । पहिलेको मोडलमा भन्दा नयाँ धेरै फिचरहरु अपडेट गरिएको कम्पनीले जनाएको छ ।

नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुविधाहरु रहेका छन्। नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ । साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्वीलहरू पनि रहेका छन्।

त्यसैगरी, पछाडि भागमा कनेक्टिङ एलईडी टेललाइट सेटअप र रीडिजाइन गरिएको बम्पर समावेश गरिएको छ । गाडीको भित्री भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड पूर्णतया नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छ ।

यसमा दुबै स्कुन समान १०.२५ इन्चका छन् । ८ स्पीकर बोस साउण्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिंग, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिटहरू र डुअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू समावेश छन् । जसले यस गाडीलाई थप आरामदायी, उत्साहजनक र साहसीपूर्ण ड्राइभिङ अनुभव दिने विश्वास गरिएको छ।

यसमा रहेको ६ ओटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर (एसभीएम), ब्लाइन्ड – स्पट भ्यू मोनिटर (बिभीएम), अटो होल्डसहितको इलेक्ट्रिक पार्किङ ब्रेक, र टायर प्रेशर मोनिटरिङ सिस्टम (हाईलाइन)ले चालक सुरक्षा प्रत्याभुति गराउँछ ।

प्रिमियम तथा गुणस्तरीय सवारी, उच्च रिसेल भ्यालु र बिक्रीपछिको उत्कृष्ट सेवाको कारण हुण्डाई नेपाली ग्राहकहरुको पहिलो रोजाईमा पर्दै आएको छ ।

  :