७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सोमबारदेखि प्रि–बुकिङ शुरु भएको पञ्च ईभीको विशेषता यस्तो छ




काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले सोमबारदेखि पञ्च ईभीको प्रि–बुकिङ खुला गरेको छ ।

कम्पनीको आधाकारिक वेबसाइटमार्पत प्रि–बुकिङ गर्न सकिने पञ्च ईभी आगामी भदौ ११ देखि काठमाडौंमा हुने नाडा अटो शोबाट प्राथमिकताका साथ डेलिभरि गरिने कम्पनीले जनाएका छ । खर्चको दृष्टिकोटले किफायती पञ्च इभी पर्यावरणमैत्री रहेको छ । कम्पनीका अनुसार उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पञ्च इभी अत्याधुनिक प्रविधियुक्त छ ।

१६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका बिशेषताहरु रहेका छन् । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको कम्पनीले जनाएको छ । न्च इभी आधुनिक ग्राहकको बदलिदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गर्दै एक अतुलनीय यात्रा अनुभूतिको प्रत्याभूति गर्ने कम्पनीको विश्वास छ ।


यो गाडीको मूल्य नेपाली बजारमा करिब ४२ लाख रुपैयाँ छ । भारतमा लोकप्रिय टाटा पन्च मासिक रुपमा अठार हजार युनिटभन्दा बढी बिक्री भइरहेको कम्पनीले जनाएको छ ।

  :