६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

उदयपुरको लिम्चुङगुङ गाउँपालिका पर्यटनको नयाँ गन्तव्य




प्राकृतिक छटाले भरिपूर्ण, अग्ला हरियालीयुक्त डाँडाकाँडाले घेरिएका, सांस्कृतिक सौन्दर्यता एवम् भौगोलिक रुपले अनुपम सुन्दर रमणीय स्थल हो लिम्चुङबुङ । लिम्चुङबुङ गाउँपालिका नेपालको कोशी प्रदेश अन्तर्गत उदयपुर जिल्लाका ८ वटा स्थानीय तहमध्येको एक हो । लिम्चुङबुङ गाउँपालिका पश्चिम–उत्तरी क्षेत्रमा अवस्थित छ । यस गाउँपलिकाको नाम साबिकको सुनकोशी भएता पनि स्थानीय सरकार संचालन ऐन २०७४ , बमोजिम गाउँपलिकको सिफारिसमा लिम्चुङबुङ गाउँपालिका रहन गएको हो । साविकका बस्बोटे, ताम्लिछा, बाराहा, बलाम्ता र जाँते गाउँविकास समितिलाई समायोजन गरि लिम्चुङबुङ गाउँपालिका घोषणा गरिएको हो । हाल यस गाउँपालिकामा जम्मा ५ बटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको केन्द्र बाराहामा अबस्थित रहेको छ । यस गाउँपालिकाको कुल क्षेत्रफल १०६.८ वर्ग किलोमिटर रहेको छ भने कुल जनसंख्या ११ हजार ९ सय ९२ रहेको छ ।


उदयपुरको मुर्कुचीबाट करिब ४० किलोमिटरको दुरीमा रहेको छ यो गाउँपालिका । यस लिम्चुङबुङ गाउँपालिकाले पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रमा गरेका कामहरु निकै उपलब्धिमूलक र उदाहरणीय छन् । उत्पादनमूलक आयमूलक, रोजगारमूलक आयोजना तथा कार्यहरु छनोट गरी त्यसबाट आउने प्रतिफल आम जनसमुदायमा सन्तुलित प्रकारबाट पु¥याएर समृद्ध समाजको निर्माण गर्दै आएको छ यस गाउँपालिकाले । आधारभूत सेवा तथा पूर्वाधार विकासमा समन्वय, सहकार्य, सहभागिता र साझेदारीको अवधारणालाई थप प्रभावकारी बनाउँदै अगाडि बढेको छ लिम्चुङबुङ गाउँपालिका ।
आन्तरिक तथा बाह्य पर्यटन भित्र्याएर लिम्चुङबुङ लाई पर्यटकीय क्षेत्र बनाउन गाउँपालिका लागि परेको छ । जसमा एउटा महत्वपूर्ण योजनाको रुपमा एभरेष्ट भ्यु टावर निर्माण गर्न लागिएको छ । ७२ फिट अग्लो उक्त टावर दोबाटे डाँडामा बन्न लागिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, लोत्से, मकालु, चोयु, चारपाटे, गौरी शंकर जुगल हिमालको दृश्यालोकन गर्न सकिने यस डाँडामा भ्यू टावर निर्माण पश्चात पर्यटकहरुको आकर्षण बढ्ने देखिन्छ । यस भ्युटावरबाट सूर्योयदको अवलोकन समेत गर्न सकिन्छ । अत्याधुनिक सेवा सुविधा भएको लिम्चुङबुङ पार्क सहितको एभरेष्ट भ्यु टावर निर्माण हुने छ ।
गाईघाट, मुर्कुची लिम्चुङबु्ङ सडक यस क्षेत्रको विकासको मुख्य बाधक बन्दै गइरहेको छ । लामो समयदेखि सडक स्तरोन्नती नहुदा यस क्षेत्रका स्थानीयले सास्ती खेप्दै आइरहेका छन् । पूर्वको पशुपति भनेर चिनिने खोटाङको त्रिधाम स्थल हलेसी जोड्ने राष्ट्रिय योजनाको उक्त सडक तराई सहरलाई उदयपुरको पहाडी भेग हुँदै माथिल्लो सगरमाथासँग जोड्ने प्रमुख मार्गको रुपमा लिन सकिन्छ ।


यस गाउँपालिकाको प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्दछ नै । लिम्चुङबु्ङले पर्यावरणीय, तथा पर्यटन क्षेत्रमा थुप्रै सम्भावनाहरु बोकेको छ । यस गाउँपालिकाले पर्यटनलाई मुख्य प्राथमिकतामा राख्दै अघि बढेको छ । जे पाक्छ त्यहि बिक्छ भन्ने नारालाई आत्मसाथ गर्दै होमस्टेको अवधारणालाई अघि सारेको छ । जसका फलस्वरुप पछिल्लो समय स्थानीयहरु होमस्टेको अवधारणालाई सार्थकता दिन जुटेका छन् ।


हालै गाउँपालिकाको प्रशासकीय भवन समेत उद्घाटन गरिएको छ । २०७८ सालबाट निर्माण सुरु गरिएको प्रशासकीय भवन निर्माण सुरु गरिएको थियो । कुल ७ करोड ७८ लाख ७० हजार एक सय ८३ रुपैया ९६ पैसा लागत अनुमान गरिएकोमा एएम पिउन्स जेभि ललितपुरले ४ करोड ६१ लाख ८० हजार एक सय ६६ रुपैया २७ पैसामा निर्माणको जिम्मा लिएको थियो ।समय अवधिमै भवन निर्माण संगै हस्तान्तर गरिसकेको छ । लिम्चुङबुङ गाउँपालिकामा छरिएर रहेका विशषगत शाखाहरु अब एकै ठाउँबाट सेवा दिइरहेका छन् । यस्तै गाउँपालिकालाई राष्ट्रिय प्रशारण लाईन संग जोडदै पालिकाको सबै घरधुरीमा विद्युत विस्तार गरे संगै गाउँपालिकालाई उज्यालो लिम्चुङबुङ घोषणा समेत गरेको छ ।


विकासको पहिलो स्तम्भ शिक्षा हो । शिक्षामा सबै बालबालिकाको सहज पहुँच हुनुपर्छ भन्ने मान्यतालाई अंगिकार गर्दै नगर क्षेत्रभित्रका बिद्यालयहरुका पूर्वाधार विकास र शैक्षिक वातावरणलाई स्वच्छ, मर्यादित र अनुशाशित बनाई गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षेत्रमा यस गाउँपालिकाले प्रशस्तै कामहरु गरेको छ । स्वास्थ्य क्षेत्रमा यस लिम्चुङबुङले फडको मारेको छ । गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरु प्रविधि र पूर्वाधारयुक्त बन्दै गईरहेका छन ।
गाउँपालिकाबाट प्रवाह गरिने सार्वजनिक सेवालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र जनमुखी बनाएको छ यस लिम्चुङबुङ गाउँपालिकाले । विकेन्द्रीकरणको माध्यमद्वारा जनतालाई विभिन्न योजना, नीति तथा कार्यक्रमहरुको छनोटदेखि कार्यान्वयन, अनुगमन मूल्याङ्कनका हरेक चरणहरुमा बढीभन्दा बढी सबै वर्ग र क्षेत्रको प्रतिनीधित्व हुने गरि सर्वदलीय सर्वपक्षीय माध्यमबाट सहभागितात्मक पद्धतिको सिद्धान्तलाई यस गाउँपालिकाले पूर्णरुपमा अवलम्बन गर्दै आईरहेको छ । सुशासन तथा पारदर्शिताका लागि यस गाउँपालिकाले सामाजिक परीक्षण, सार्वजनिक परीक्षण तथा सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नराखी परिवर्तन तथा सुधारका लागि सुझाव प्राप्त गर्ने माध्यमको रुपमा अंगीकार गरि त्यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आएको छ ।

स्थानीय तहहरु लोकतन्त्र र सुशासनलाई जनस्तरसम्म पु¥याउने संस्थागत संयन्त्र हुन । स्थानीय तहहरुको सक्रियतामा राज्यले आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा निकै ठूलो फड्को मारेको छ । विकास निर्माणका अलावा सामाजिक परिचालन, चेतना जागरण तथा आय आर्जनका कार्यक्रममार्फत सामाजिक तथा आर्थिक विकासमा उल्लेख्य योगदान पु¥याउँदै आएका छन् स्थानीय तहहरुले । यस नगरपालिकाको मुख्य पेशा कृषि हो यहाँको अधिकांश जनताहरु कृषिमै निर्भर छन् । ग्रामिण क्षेत्र भएका कारण यस क्षेत्रका स्थानीयहरु गरिबीको रेखामुनि रहेका छन् । अझै पनि करिब १ हजार १ भन्दा बढी घरहरु खरको छाना भएका छन् । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन कृषि सम्बन्धि विभिन्न कार्यक्रमहरु अगाडी बढाउदै लगिएको छ ।


लिम्चुङबुङ गाउँपालिकावासीहरुको जनजीवनमा सकारात्मक परिवर्ततनको अनुभूति गर्ने गरि विकासशील, स्वच्छ र सुन्दर पालिका बनाउने अभियानमा गाउँपालिका जुटेको छ । आगामी दिनमा लिम्चुङबुङ गाउँपालिका क्षेत्रलाई सबै क्षेत्रमा विकासले सुसम्पन्न गर्न सफल रहोस यस उदयपुरको लिम्चुङबुङ गाउँपालिका ।

  :