६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

ग्राहकहरुको रोजाईमा बीएडब्लुको ब्रम्बी कार




काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा भाद्र ११ गतेदेखि जारी नाडा अटो शो २०२४ मा एलआरआर मोटर्सले ल्याएको बीएडब्लुको ब्रम्बी ईभीले ग्राहकहरुलाई आकर्षण गरेको छ । नयाँ ब्राण्डको यो ईभी ग्राहकहरुले निकै रुचाएका छन् । ब्रम्बी ईभीको धेरै विशेषताहरुका साथै मूल्य पनि सस्तो भएका कारण मनपरेको ग्राहकहरुले बताएका छन् ।

कम्पनीले ब्रम्बी ईभीको मूल्य २१ लाख ९० हजार तोकेको छ । १७.२८ किलोवाट आवरको ब्याट्री र ३० किलोवाटको मोटर भएको ब्रम्बी ईभीले सिंगल चार्जमा २०५ किलोमीटर रेञ्ज दिने कम्पनीको भनाई छ । प्रदर्शनीस्थलमा अवलोकन गरिरहेका ललितपुरका कुमार दाहालले मध्यम वर्गहरुलाई ब्रम्बीका मिनिकारहरु उपर्युक्त भएको बताए । यस ईभीमा भएका फिचरहरु र मूल्य पनि सस्तो, चिटिक्क परेको भएकाले ब्रम्बीका मिनिकार किन्नको लागि नाडा अटो शोमा आएको जानकारी दिए ।


सस्तो मूल्य, आकर्षक डिजाईन र प्रशस्तै फिचरहरु रहेकाले ब्रम्बीका मिनिकारहरु मध्यम वर्गका ग्राहकहरुको पहिलो रोजाई परिरहेको छ । एउटा सानो परिवारका लागि उपर्युक्त ब्रम्बीका कारहरुप्रति ग्राहकहरुको आकर्षण बढेको हो ।
भक्तपुरका रमेश श्रेष्ठले पनि ब्रम्बी ईभी आफूजस्ता कम आयस्रोत भएकाको लागि निकै उपर्युक्त भएको बताए । आफूलाई ईभी गाडी चढ्ने इच्छा थियो, ब्रम्बीले त्यो पूरा गर्छ भन्ने विश्वास भएको छ । यसका आकर्षक डिजाइन, फिचर र सस्तो मूल्यले बं्रम्बी कार किन्ने निष्कर्षमा पुगेको श्रेष्ठले बताए ।


ब्रम्बी कार होम एसी चार्जरको सहयोगले चार्ज गर्न सकिनेछ । कारमा एलएफपी ब्याट्री रहेको छ । यसको लम्बाई ३५३२ एमएम, चौडाई १४९८ एमएम र उचाई १६०५ एमएम रहेको छ । यसमा १५५–६५आर१३ साइजको टायर रहेको छ ।

सिम्पल बडी डिजाइन र पर्सनलाइज्ड फ्रन्ट फेस सेप सहितको फेसनेबल एपियरेन्स रहेको बीएडब्लु ब्रम्बी ईभीलाई इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन सकिन्छ । सुरक्षाका अन्तर्गत यसले फ्रन्ट कोलिजन र पोस्ट क्र्यास सेफ्टी सम्बन्धी विभिन्न टेस्टबाट सुरक्षा प्रमाणपत्र पाएको छ ।

कम्पनीले गाडीको फिचर र सस्तो मूल्यका कारण ग्राहकहरुको रेष्पोन्स राम्रो पाएको जनाएको छ । ग्राहकहरुको रेष्पोन्सबाट निकै उत्साहित बन्न पुगेको कम्पनीका अधिकारीहरुले बताएका छन् ।

  :