७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

उपभोक्ताहरुको रोजाईमा टाटाको ईभी, पञ्च ईभी मात्र ४ सय ७५ युनिट बुकिङ




काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो शो २०२४ को पूर्वसन्ध्यामा यस बर्षको नाडा अटो शो पहिलेको भन्दा भव्य र प्रभावशाली हुने अपेक्षा गरेको थियो । शोले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन योगदान गरेको विश्लेषण समेत भईरहेको छ ।

समग्र स्टलमा ८० प्रतिशत विद्युतीय सवारीसाधनको सहभागिता रहेको नाडा अटो शो २०२४ भव्य र सभ्य तवरले आइतबार समापन भएको छ । शोमा विभिन्न कम्पनीहरुले पहिलो पटक भित्र्याएका सवारी साधनहरुले विशेष चर्चा पाए । नाडा अटो शोमा चिनियाँ ब्राण्डका बिद्युतीय सवारी साधनको सहभागिता धेरै भए पनि भारतीय कम्पनी टाटा मोटर्सको ईभी पनि दर्शकहरुको रोजाईमा परेको छ ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शोबाट सार्वजनिक गरेको टाटाको पञ्च ईभीले पनि विशेष चर्चा पायो । नाडा अटो शोको ६ दिनको अवधिभर पञ्च ईभीको बुकिङ ४ सय ७५ युनिट भएको कम्पनीले जनाएको छ । पञ्च ईभी अवलोकनकर्ताहरुको लागि ‘हट केक’ नै बन्न पुगेको थियो ।

३ भेरियन्टमा नेपाली बजारमा उपलब्ध पञ्च ईभीको शुरुवाती मूल्य कम्पनीले ३३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । पञ्च ईभी नेपालको बाटो सुहाउँदो भएका कारण पनि ग्राहकहरुले मनपराएको कम्पनीले जनाएको छ । यस्तै टियागो ईभीको १ सय ६९ युनिट बुकिङ भएको सिप्रदीले जनाएको छ ।

  :