७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

नेपाली बजारमा जिकर



काठमाडौं– सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले चिनियाँ ब्राण्ड जिलीको प्रिमियम इलेक्ट्रिक ब्राण्ड जिकर एक्सको दुई भेरियन्ट नेपाल भित्र्याएको केही समयपछि सोमबार औपचारिक रुपमा सार्वजनिक गरेको छ । कम्पनीले जिकर एक्स भाद्र ११ गतेदेखि १६ गतेसम्म काठमाडौंमा भएको नाडा अटो शोमा पनि प्रदर्शन गरेको थियो ।

सोमबार भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले एक समारोहका बीचमा उक्त गाडी नेपाली बजारका लागि औपचारिक रुपमा सार्वजनिक गर्नुभएको हो । समारोहमा बोल्दै मन्त्री दाहालले विश्वमा इन्धनबाट चल्ने गाडी विस्तारै विस्थापित हुँदै गएको बताउँदै नेपालमा पनि पछिल्लो चरणमा बिद्युतीय सवारी साधनहरु बढ्दै गएको बताउनुभयो ।

जिकर एक्सको रियल ह्वील ड्राइभ स्ट्यान्डर्ड भेरियन्टमा २०० किलोवाट क्षमताको मोटर छ भने अल ह्वील ड्राइभ फ्लागसिप भेरियन्टमा ३१५ किलोवाट मोटर राखिएको छ । ४४० किलोमिटर रेञ्ज दिने जिकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री प्याक छ । यो गाडीमा २२ किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्छ । यसमा रहेको एसी चार्जरले ४ घण्टामा गाडी फुल चार्ज गर्न सक्नेछ । डिसी चार्जर भने १५० किलोवाटसम्मको सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

यो गाडीको रियल ह्वील ड्राइभको मूल्य ८४ लाख ९९ हजार र अल ह्वील ड्राइभको मूल्य १ करोड ५४ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ । नाडा अटो शो २०२४ मा भने कम्पनीले छूट दिंदै रियल ह्वीलको ७९ लाख ९९ हजार र अल ह्वीलको १ करोड ४९ लाख ९९ हजार तोकेको थियो ।

  :