७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

जेकु ६ र ओमेडाको बुकिङ उत्साहजनक




काठमाडौं– एसपीजी अटोमोबाइल्सले हालै सम्पन्न नाडा अटो शो २०२४ मा जेकु र ओमोडा ब्राण्डका बिद्युतीय गाडी उत्साहजनक रुपमा बुकिङ गर्न सफल भएको छ ।

चेरीको जेकु र ओमोडा ब्राण्ड ईभी नाडा अटो शोमा आकर्षणको केन्द्र नै बन्न पुगेको थियो । ओमोडा र जेकु दुवै चेरी अन्तर्गतका सब ब्राण्ड हुन् । जेकु जे ६ मा १३५ किलोवाट क्षमताको मोटर छ भने ६९.८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहेको छ । जसले फूल चार्जमा ५०१ किलोमीटर रेञ्ज दिन्छ ।

ओमोडा ई(५ लक्स भेरिएन्टबाहेक नेपाली बजारमा नाडा अटो शो मार्फत ५ डिलक्स सार्वजनिक गरिएको थियो । ई(५ लक्सको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो भने नयाँ भेरिएन्ट ई(५ डिलक्सको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो ।

  :