७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

जेको जे–६ को उपत्यकाबाहिर टेष्ट ड्राइभ र बुकिङ शुरु




काठमाडौं– अफरोड इलेक्ट्रिक भेहिकल जेको जे–६ ब्राण्ड काठमाडौं उपत्यका बाहिर बुकिङ शुरु भएको छ ।

यस ईभीको पहिलो लट नेपाल प्रवेश गरिसकेको र उपत्यकाबाहिरका डिलरहरुले टेष्ट ड्राइभ र बुकिङ शुरु गरेको जेको नेपालको लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले जनाएको छ । कम्पनीका अनुसार १५ दिनभित्र अर्को लट आएलगत्तै बुकिङ गरेका ग्राहकहरुलाई डेलिभरी दिइनेछ ।

जे-६ मा ६५.६९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । उक्त ब्याट्रीलाई एक पटकको फुल चार्जमा ४०० किलोमिटरसम्म चलाउन सकिन्छ ।

जेकोले अहिले रियर ह्वील ड्राइभमा मात्रै उपलब्ध गराएको जे–६ एसयूभी चाँडै रियर ह्वील ड्राइभमा पनि उपलब्ध हुनेछ । यसको रियर ह्वील ड्राइभ भर्सनमा १३५ किलोवाट क्षमताको मोटर उपलब्ध छ ।

  :