७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

यज्दी मोटरसाइकलको ३ ठूला अफर, डेढ लाख छूट पाइने




काठमाडौं–यज्दी मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी मोटोइंकले चाडपर्वलाई लक्षित गर्दै ‘३ ठूला अफरहरु’ ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकले यज्दीका मोटरसाइकलहरू खरिदमा १ लाख ५० हजार रुपैयाँ नगद छुट पाउने भएका छन् । साथै, शून्य प्रतिशत ब्याजमा फाइनान्सिङ र ५ वर्षसम्म निःशुल्क सर्भिसिङ पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले अन रोड र अफ रोड सबै तिर चलाउन सकिने शक्तिशाली यज्दी स्क्र्याम्ब्लर उत्कृष्ट राइडको अनुभव लक्षित गरी ल्याएको मोटरसाइकल हो ।

यस मोटरसाइकलमा बीएस सिक्स इन्जिन, परिष्कृत स्लिपर क्लच र अधिकतम सुरक्षाको लागि स्वीच गर्न मिल्ने डुअल च्यानल एबीएस राखिएको छ । कम्पनीले यज्दी स्क्र्याम्ब्लरको साथै यज्दी एड्भेन्चर र यज्दी रोड्स्टर मोटरसाइकल पनि बिक्रीवितरण गर्दै आएको छ ।

  :