६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

असोज १६ देखि १९ सम्म चितवनमा अटो एक्सपो




काठमाडौं– चितवन अटोमोबाइल डिलर्स एसोसिएसन (काडा)ले चितवन उद्योग संघको सहकार्यमा यही असोज १६ देखि १९ गतेसम्म चितवनमा काडा अटो एक्सपो २०८१ आयोजना गर्ने भएको छ ।

अटोमोबाइल व्यवसायको प्रर्बधन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ उक्त एक्सपोको आयोजना गर्न लागिएको चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष राजन पियाले बताए । चितवन प्रदर्शनी केन्द्रको हलमा आयोजना हुने उक्त मेलामा साना ठूला गरी २१ ब्राण्डका कार, जिप, मोटरसाइकल र स्कुटर लगायतका सवारी साधनहरूको स्टल रहने पनि बताइएको छ ।

त्यस्तै, जिप र माइक्रोको पाँच वटा स्टल र प्रदशर्नी हल बाहिरको चउरमा टेन्ट भित्र समेत अन्य स्टलहरू राखिने आयोजकले जनाएको छ ।


एक्स्पोमा फाइनान्स तथा इन्स्योरेन्स कम्पनीहरूको पनि सहभागिता रहने छ । मेला अवधिमा सवारी साधन किन्ने ग्राहकले आर्कषक स्कीम तथा छुट पाउने छन् । मेला अवधिभर सवारी बुकिङ गर्ने गाहक मध्येबाट लक्की ड्रमार्फत ३ जनालाई अर्कषक उपहार दिइनेछ ।

  :