माघ १४, २०८२ मंगलबार | Tue Jan 27 2026

उत्सव मनाउँन सन्सिल्कले ल्यायो “सन्सिल्क भाइब्स” अभियान



काठमाडौं– बिगत तीन वर्षदेखि सफल भइरहेको सन्सिल्क दशैँ भाइब्स अभियानको सफलतालाई अघि बढाउँदै सन्सिल्कले अब यस अभियानलाई यस बर्ष पनि नयाँ सन्सिल्क भाइब्सको रूपमा प्रस्तुत गरेको छ।

यो अभियानअसोज ११ देखि सुरु भई मङ्गसिर सम्म चल्ने कम्पनीले जनाएको छ । जुन अभियान अन्तर्गत सहभागीहरूले केवल दशैँको उत्सवका क्षणहरू नभइ दैनिक जीवनका तिनै पलहरू पनि समेट्न सक्नेछन् । यसले सहभागीहरूलाई आफ्नो विशेष क्षणहरू—चाडपर्व होस् या दैनिकी—सामाजिक सञ्जालमा सेयर गर्न आमन्त्रण गर्छ, जहाँ कपाल मुख्य आकर्षणको रूपमा हुने कम्पनीले जनाएको छ ।

नेपालभरका सहभागीहरूले आफ्नो ूमाई हेयर, माई भाइब्सू क्षणहरू सामाजिक सञ्जालमा साझेदारी गर्दै आफ्ना अनौठा सन्सिल्क स्टाइल र भाइब्स देखाएर यस प्रतिस्पर्धामा भाग लिन सक्छन्। साथै, उनीहरूले सन्सिल्क ग्याङ अफ गर्ल्सको अर्को संस्करणमा पनि सहभागी हुन सक्छन् ।

यस अभियानको सुरुवात एउटा उत्साही गीतबाट गरिएको छ रयो गीतसँगै प्रिन्सी र प्रिस्मा, साथै गत वर्षको सन्सिल्क ग्याङ अफ गर्ल्स प्रतिस्पर्धाका विजेता सुस्मिता बन्जारा, सजिना खनाल, र विजया प्रधानजस्ता लोकप्रिय इन्फ्लुएनसरहरुले आफ्नो भाइब्स देखाउँछन्, जहाँ रमाइलो, बोल्ड, स्लीक, चाडपर्वमय र आकर्षक कपालका शैलीहरू प्रस्तुत गरिएको छ। सन्सिल्क भाइब्सले यी सबै क्षणहरूको सार समेट्छ, किनकि भाइब्स हरेक दिन, हरेक ठाउँमा हुन्छन् ।

  :