६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

चितवनमा काडा अटो एक्सपो २०८१ शुरु




काठमाडौं– चितवन अटोमोबाइल डिलर्स एसोसिएसन (काडा)ले चितवन उद्योग संघको सहकार्यमा चितवनमा काडा अटो एक्सपो २०८१ शुरु भएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले एक समारोहका बीच बुधबार एक्स्पोको उदघाटन गर्नुभयो ।

अटोमोबाइल व्यवसायको प्रर्बधन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ उक्त एक्सपोको आयोजना गरिएको उक्त मेलामा २८ स्टल छन् । मेलामा २५ भन्दा बढी कम्पनीका कार, जीप, मोटरसाइकल लगायतका सवारी साधन छन् । मेलामा झण्डै ८० प्रतिशत बिद्युतीय सवारी साधन छन् ।

एक्स्पोमा फाइनान्स तथा इन्स्योरेन्स कम्पनीहरूको पनि सहभागिता रहने छ । मेला अवधिमा सवारी साधन किन्ने ग्राहकले आर्कषक स्कीम तथा छुट पाउने छन् । मेला अवधिभर सवारी बुकिङ गर्ने गाहक मध्येबाट लक्की ड्रमार्फत ३ जनालाई आकर्षक उपहार दिइने बताइएको छ । उक्त एक्स्पो असोज १९ गतेसम्म चल्नेछ ।

  :