६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

स्पेनमा हुने मोटरस्पोर्ट गेम्स २०२४ का लागि नेपाली टिमको बिदाई



काठमाडौं– अक्टोवर २३ देखि २७ सम्म स्पेनको भ्यालेन्सियामाआयोजना हुने एफआईए मोटरस्पोर्ट गेम्स २०२४ मा भाग लिन जान लागेको नेपाली टिमलाई आइतबार अन्तर्राष्ट्रिय स्पोर्टस् कम्प्लेक्स, सातदोबाटोमा विदाई गरिएको छ । सो मोटरस्पोर्टसमा भाग लिने तीन नेपाली ड्राइभर सहित छ सदस्यीय नेपाली टिमलाई नेपाल अटोमोबाइल्स एसोसिएसनले आइतबार विदाई गरेको हो ।

अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन ‘फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल, एफआईए) को आयोजनमा ओलम्पिक फर्म्याटमा हुने विश्वकै सबैभन्दा ठूलो एक मात्र अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्स हो ।

नेपाली टिमलाई सांसद तथा पूर्व मन्त्री योगेश भट्टराई, बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दिपक लामा, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य अन्जन धमला तथा एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई लगायतले नेपाली टिमलाई विदाई गर्नुभएको थियो ।


सो गेम्सको ई–स्पोर्ट्स जीटी विधामा दिप्रश शाक्यले प्रतिस्पर्धा गर्नेछन् भने कृष्ण प्रसाद पौडेल र प्रज्ञा कंडेल अटो स्लालमका प्रतिस्पर्धी हुन् । नेपाल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल नेपाली टिमको अफिसियल डेलिगेट, टिम व्यवस्थापकमा यदुराज लामिछाने तथा मिडिया डेलिगेटमा टीकाराम यात्री सहभागी छन् ।

  :