माघ १४, २०८२ मंगलबार | Tue Jan 27 2026

सिप्रदी एस्योर्डले दियो ग्राहकहरुलाई स्मार्ट वाच उपहार



काठमाडौं– टाटा कारको सर्टिफाइड रिकन्डिसन हाउस सिप्रदी एस्योर्डले दशैंको अवसरमा आयोजना गरेको एक्सचेन्ज मेलामा गाडी किन्ने ग्राहकलाई उपहार प्रदान गरेको छ ।

दशैँको अवसर पारी ‘दशैंको बेला रिकन्डिन कार एक्सचेन्ज मेला’ नारासहित कम्पनीले एक्सचेन्ज मेला आयोजना गरेको थियो । कम्पनीले मेलामा गाडी खरिद गर्ने ग्राहकलाई आकर्षक स्मार्ट वाच उपहारस्वरुप हस्तान्तरण गरेको हो । उक्त मेलामा ग्राहकले आफूसँग भएको जुनसुकै पुरानो गाडी दिएर टाटाको नयाँ तथा पुरानो गाडी एक्सचेन्ज गरेका थिए ।

यसरी एक्सचेन्ज गर्दा सिप्रदी एस्योर्डले पुरानो गाडीमा उच्चतम मूल्यांकन दिनुको साथै हरेक बुकिङमा आकर्षक उपहार र लक्कि ड्रमार्फत विशेष उपहार जित्न सकिने स्किम ल्याएको थियो । कम्पनीले पुरानो गाडीको खरिदमा फाइनान्सको सुबिधा सहित सरल किस्ताबन्दीको योजना समेत ल्याएको थियो ।

  :