१९ पुस २०८१, शुक्रबार | Fri Jan 3 2025

नाका खुलेपछि चीनबाट धमाधम आउन थाले ईभीहरु




काठमाडौं– अविरल बर्षाका कारण बाढीपहिरोले बाटो भत्किएपछि चीनतर्फको तातोपानी र रसुवा नाका बन्द भएपछि बाटोमा नै अडकिएका विभिन्न चिनियाँ कम्पनीहरुको ईभी गाडीहरु धमाधम नेपाल आउन थालेका छन् ।

कात्तिक ८ गतेदेखि तातोपानी र कात्तिक १३ गतेदेखि रसुवा नाका खुला भएपछि ईभी गाडीहरु बाटोमा र भन्सारमा नै अड्किएका थिए । दुवै नाका खुला भएपछि बाटोमा थन्किएका ईभी गाडीहरु ल्याउने क्रम शुरु भएको छ ।

अटो व्यवसायीहरुका अनुसार बीवाईडीको एटो थ्री र डल्फिन गरी ६ सयभन्दा बढी गाडीहरु, नामीका दुई सय, लिपमोटरका एक सय युनिट, ओमोडा र जेको एक सय, काईवीको एक सय युनिट गाडीहरु अझै चीनतर्पm रहेका छन् । तातोपानी नाका खुलेपछि ३० युनिट नामी गाडी छुटेका छन् ।

विभिन्न ब्राण्डका नेपालका लागि आधिकारिक बिक्रेताहरुले नाका खुलेपछि गाडी छुटाउन आवश्यक प्रक्रिया शुरु गरेका छन् । नाका बन्द भएपछि केही बिक्रेता कम्पनीहरुले दशैंमा ग्राहकहरुलाई गाडीको डेलिभरी दिन सकेका थिएनन् ।

  :