२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

दीपक साहलाई अल्फा अटोमोटिभसको सम्मान




काठमाडौं– अक्टोबर २ देखि ६ सम्म भारतमा भएको र्याली अफ हिमालयन ४ का विजेता दीपक साहलाई रोयल इनफिल्डले सम्मान गरेको छ । र्‍यालीमा ४५० सीसी क्टगोरीमा साहले पहिलो स्थान हासिल गरेका थिए । र्‍

यालीमा सहभागी भएका साहलाई रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभसले सहयोग गरेको थियो ।


कम्पनीले र्‍याली विजेता साहलाई ९५ हजार रुपैयाँ नगद र सम्मान पत्रले सम्मान गरेको हो । साहले आफूले सौखले रोयल इनफिल्ड मोटरसाइकल चलाउन शुरु गरेको जानकारी दिंदै अहिले विभिन्न कार्यक्रममा सहभागी हुँदै विजेता बनेर देशलाई चिनाउन पाउँदा खुसी लागेको बताए ।

रोयल इनफिल्डले आगामी दिनहरूमा समेत यस्ता राइडरहरूलाई प्रोत्साहन गर्दै जाने अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले बताए ।

  :