१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

चाँडै नै सुजुकीको ई–भिटारा बजारमा




काठमाडौं– सुजुकीले आफ्नो उत्पादन भिटारालाई इलेक्ट्रिक भेईकल (ईभी) बनाउने भएको छ । सो कार भारतमा आगामी जनवरीमा हुने भारत मोबिलिटी शो २०२५ मा प्रदर्शन गरिने भएको छ ।

सुजुकीले इटलीको मिलानमा शुरु भएको मोटर शो ईआईसीएमए २०२४ मा आफ्नो पहिलो इलेक्ट्रिक कार विश्व बजारका लागि सार्वजनिक गरिसकेको छ । यो गाडी भारतमा मात्र नभएर ग्लोबल मार्केटकै लागि पनि तयार हुने कम्पनीले जनाएको छ । यसको उत्पादन २०२५ को फेब्रुअरी देखि सुजुकी मोटर गुजरातको प्लान्टमा शुरु हुनेछ ।

ई–भिटाराको लम्बाई, चौडाई र उचाई क्रमशः ४२७५, १८०० र १६३५ एमएम छ । यसको ह्विलबेस २७०० एमएम र ग्राउन्ड क्लियरेन्स १८० एमएम छ । ५ जना व्यक्ति बस्न मिल्ने सो गाडीमा ४९ र ६१ किलोवाट आवरको ब्याट्री अप्सन हुनेछ ।

परमानेन्ट सिंक्रोनस इलेक्ट्रिक मोटर रहेको सो गाडी टु ह्विल र फोर ह्विल ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । टु ह्विल ड्राइभमा ४९ किलोवाट आवरको ब्याट्रीले १४२ एचपी र ६१ किलोवाट आवरको ब्याट्रीले १७२ एचपी तथा फोर ह्विल ड्राइभमा ६१ किलोवाट आवरको ब्याट्रीले १८१ एचपी पावर दिन्छ । टु ह्विल र फोर ह्विलमा यसको टर्क क्रमशः १८९ एनएम र ३०० एनएम हुनेछ ।
सुजुकीको ई भिटाराले टाटा कर्भ ईभी, एमजी जेडएस ईभी, हुन्डाईको क्रेटा ईभी, महिन्द्राको बीई जेरो फाइभसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।

  :