चैत्र २८, २०८१ बिहीबार | Thu Apr 10 2025

बुटवलमा मंगलबारदेखि तीन दिनसम्म एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प गर्दै एमएडब्लु वृद्धि




काठमाडौं – नेपालका लागि दिपल, सेरेस र नामी ईभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले भैरहवा र बुटवललाई लक्षित गरेर २७ कात्तिक मंगलबारदेखि यो क्षेत्रकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ ।

एमएडब्लु वृद्धिले कालिकानगर, बुटवलस्थित क्लब डेनोभोमा मंगलबारदेखि तीनदिने ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो । मेलामा कम्पनीले विभिन्न आकर्षक अफरहरु समेत सार्वजनिक गरेको छ ।


मेलामा ईभी किन्न चाहने लुम्बिनी प्रदेशका ग्राहकले दिपल ईभी प्रि–बजेट प्राइस अर्थात ७१ लाख ९९ हजारमा, सेरेसमा नाडा अफर अर्थात ४५ लाख ४९ हजार रुपैयाँमा र नामी ईभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाउन सक्ने पनि कम्पनीले जनाएको छ।

साथै, टप ३ रिकन्डिसन हाउसबाट अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक कार खरिद गर्न सक्ने छन् ।

यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने छन् । ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’को व्यवस्था पनि गरिएको छ । साथै, दिपल, सेरेस र नामीलाई ८।४९ प्रतिशतको निश्चित ब्याजदरमा घर लैजान सकिने छ ।

यी अफरहरुबाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’को मज्जा लिन सक्ने छन् ।

एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पअघि दिपल र नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको छ ।

  :