२९ मंसिर २०८१, शनिबार | Sun Dec 15 2024

थप ४ ठाउँमा यात्रीको फास्ट चार्जिङ नेटवर्क विस्तार




काठमाडौं– काठमाडौं उपत्यकाको ५ स्थानमा फास्ट चार्जिङ नेटवर्क सञ्चालनमा ल्याएको नेपालमा इलेक्ट्रिक मोटरसाइकल निर्माण कम्पनी यात्री इनर्जीले देशका विभिन्न ४ ठाउँमा फास्ट चार्जिङ नेटवर्क विस्तार गरेको छ ।

यात्रीले धादिङको धार्केस्थित बर्गर हाउस, तनहुँको दमौलीमा रहेको द ओरिजिनल हाइवे रेष्टुरेन्ट, लमजुङको ग्रिनफिल्ड कटेज र चितवनको भरतपुरस्थित कफी ओ क्लकमा चार्जिङ नेटवर्कको व्यवस्था गरेको हो ।

यी चार्जिङ नेटवर्कमा यात्री पी वान मोटरसाइकल शून्यबाट ८० प्रतिशत चार्ज हुन ३० मिनेट लाग्ने कम्पनीले जनाएको छ । हरेक २० किलोमीटरको दूरीमा फास्ट चार्जिङ नेटवर्क निर्माण गर्ने योजनामा यात्री इनर्जी रहेको छ ।

  :