काठमाडौं– साँढे ५८ लाख रुपैयाँ पर्ने जिएसी एवोन वाई ईभी अब ग्राहकहरुले ५ लाख ८५ हजार डाउनपेमेन्टमा नै खरिद गर्न पाउने भएका छन् । यस ईभीलाई नेपाली बजारमा ल्याएको सिजी मोटर्सले जिएसी एवोन वाईको हाल प्रचलनमा रहेको २० प्रतिशत डाउनपमेन्टलाई १० प्रतिशतमा घटाएको हो ।
शुरुवाती मुल्य ५८ लाख ५० हजार तोकिएको एवोन वाईलाई अव ग्राहकले ५ लाख ८५ हजार डाउनपमेन्ट गरी बाँकी रकमलाई किस्तावन्दीमा भुक्तानी गर्न सक्ने सिजी मोटर्सले जनाएको छ ।
एवोन वाईमा ६१.५ किलोवाट आवरको ब्याट्री प्याक तथा १०० किलोवाट पीक पावरको इलेक्ट्रिक मोटर जडान गरिएको छ । ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ५०० किलोमिटर रेन्ज पाउन सकिने एनइडीसीले प्रमाणित गरेको कम्पनीले जनाएको छ । कारको ग्राउन्ड क्लिरियन्स १८३ एमएम छ । यसबाहेक यस ईभी थुप्रै फिचरहरुले भरिपूर्ण रहेको छ ।
प्रतिक्रिया